नासाले आउँदो जनवरीमा अर्को एउटा छुद्र ग्रहको अनुगमन गर्ने

कोल्हवी न्यूज
२०८१ आश्विन १७, बिहीबार १६:१५ गते

अमेरिकी अन्तरिक्ष  नासाले आउँदो जनवरीमा अर्को एउटा छुद्र ग्रहको अनुगमन गर्ने भएको छ । सन् २०२५ अर्थात् आउँदो जनवरीमा पृथ्वी नजिकै भएर यात्रा गर्नेे पीटी–५ नामक छुद्र ग्रहको अनुगमन अर्थात् ‘ट्र्याक’ गर्न लागिएको नासाका वैज्ञानिकलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

नासाले आफ्नो गोल्डस्टोन सौर्यमण्डलको राडार प्रयोग गरेर क्षुद्र ग्रहलाई नजिकबाट ट्र्याक गर्ने योजना बनाएको छ । यो छुद्र ग्रह पृथ्वीका लागि खतरा भने होइन । पृथ्वी र चन्द्रमाको दूरीभन्दा पाँच गुणा टाढाबाट यसले यात्रा गर्ने खबरमा उल्लेख छ ।

पीटी–५ छुद्र ग्रह लगभग १० मिटर चौडाइको रहेको अनुमान छ । गएको अगस्टमा पहिलो पटक वैज्ञानिकले पीटी–५ पत्ता लगाएका थिए । नासाका वैज्ञानिकहरूले यो वस्तु धेरै पहिले अर्को एउटा छुद्र ग्रह चन्द्रमाको सतहमा ठोक्किएपछि त्यहाँबाट निस्केको चट्टानको टुक्रा हुन सक्ने आशङ्का गरेका छन् ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*