वीरगञ्जमा प्रहरी हवल्दारकै मोटरसाइकल चोरी

कोल्हवी न्यूज
२०८१ आश्विन १६, बुधबार १३:१२

सांकेतिक तस्बिर

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १३, तेजारथ टोलबाट मंगलबार दिउँसो एक प्रहरी हवल्दारको मोटरसाइकल चोरी भएको छ।

पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नम्बर १, भलुवहिया निवासी प्रहरी हवल्दार बिनोद प्रसाद यादवको नाममा दर्ता भएको ना ५३ प ९३२१ नम्बरको एमहा मोटरसाइकल चोरी भएको हो।

पीडित प्रहरी हवल्दार यादवले दिएको जानकारी अनुसार, उनले आफ्नो मोटरसाइकल वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १३ स्थित अमिती स्कुल अगाडि पार्किङ गरेका थिए। दिउँसो १२:३० बजे मोटरसाइकल चोरी भएको थाहा पाएपछि उनले तत्क्षण जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गराएका छन्।

मोटरसाइकल खोजतलासका लागि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। चोरी भएको मोटरसाइकल खोज्न प्रहरीले खोजी कार्य सुरु गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*