लेबनानमा रहेका नेपाली सुरक्षित छन् : परराष्ट्र मन्त्रालय

कोल्हवी न्यूज
२०८१ आश्विन १६, बुधबार ०७:४४ गते

 परराष्ट्र मन्त्रालयले लेबनानमा नेपालीहरू सुरक्षित रहेको जनाएको छ । मन्त्रालयले विज्ञप्ति निकालेर लेबनानमा रहेका नेपाली सुरक्षित रहेको र उनीहरूको सहजताका लागि निरन्तर प्रयास भइरहेको जनाएको हो ।

मन्त्रालयले लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध पनि गरेको छ । थप कुनै सहयोग तथा जानकारी आवश्यक परे नेपाली दूतावास कायरो, अवैतनिक वाणिज्य दूतावास बेरुत र परराष्ट्रमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*