बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०४ पुग्याे, २८ जना अझै बेपत्ता

कोल्हवी न्यूज
२०८१ आश्विन १४, सोमबार १६:३५

तस्बिर : रासस

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०४ पुगेको छ । सशस्त्र प्रहरी बल (एपीएफ) का अनुसार २८ जना अझै बेपत्ता छन् ।

सबैभन्दा बढी काभ्रेमा ५९ जनाले ज्यान गुमाएका छन् । ४ जना अझै बेपत्ता छन् । यस्तै काठमाडौंमा ५२ जनाले ज्यान गुमाएका छन् भने २ जना बेपत्ता छन् ।ललितपुरमा २५ र भक्तपुरमा ५ जनाले ज्यान गुमाएका छन् । ललितपुरमा १२ जना बेपत्ता छन् ।

यस्तै १७८३ वटा घर र १९ वटा पुलमा क्षति पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*