परराष्ट्रमन्त्री राणा र स्पेनका राष्ट्रपतिबीच भेटवार्ता
२०८१ आश्विन १०, बिहीबार ०६:३२ गते

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र स्पेनका राष्ट्रपति पेड्रो सान्चेजसँग भेटवार्ता । तस्बिरः रासस
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन यहाँ अमेरिका आएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्पेनका राष्ट्रपति पेड्रो सान्चेजसँग भेटवार्ता गरेकी छन् ।
भेटमा नेपाल र स्पेनबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।










