महोत्तरीको रामगोपालपुरका वडाध्यक्षकाे हत्यामा संलग्न भएको आरोपमा दुई जना पक्राउ
महोत्तरीको रामगोपालपुरका वडाध्यक्षको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बर्दिबासबाट रामगोपालपुरतर्फ मोटरसाइकलमा आउने क्रममा ९ भदौमा रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष मुकेश यादवको रहत्यमय अवस्थामा शव फेला परेको थियो ।
प्रहरीले औरही नगरपालिका -७ भाेइल टिमकियाका संजिव झा र दिलिप मण्डललाई पक्राउ गरेको हो । वडाध्यक्ष यादवको रहस्यमय मृत्युमा संलग्न दुई जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तु लाल प्रसाद जैसवारले बताए ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि कर्तव्य ज्यान मुद्दामा म्याद थप गर्न जिल्ला अदालतमा पेश गरिएकाे छ । यादवको हत्या वा दुर्घटनामा मृत्यु भन्ने विषयमा जिल्लामा सरोकारवालाबीच मत विभाजित छ । जिल्लाका वडाध्यक्षहरूले यादवको हत्या भएको दाबी गर्दै कारबाहीका लागि माग गर्दै आएका छन् ।
वडाध्यक्ष यादवको मृत्युबारे सीआइबीले समेत अनुसन्धान गरिरहेकाे छ ।इकान्तीपुरबाट साभार