रौतहटमा अबैध सालको काठ सहित साईकल बरामद

कोल्हवी न्युज
२०८१ आश्विन ९, बुधबार १०:४२

रौतहट:पुर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रपुर स्थित प्रहरीले मंगलवार साझ अबैध सालको काठ सहित साईकल बरामद गरेको छ।

ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरबाट सई जोगेन्द्र चौधरीको कमाण्डमा गएको गस्ती टोलीले चन्द्रपुर ४ जंगल टोल स्थित अबैध रुपमा जंगलबाट चोरी निकासी गरी ४ वटा साईकलमा १२ वटा सालको फण्टा ल्याउदै गरेको अवस्थामा बरामद गरेको हो।

प्रहरीको गाडि मोबाईल टोलिलाई देखी साईकल र काठ छाडी मानिसहरु फरार भएको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताएका छन्।

बरामद २० क्युफिट भन्दा बढी काठ र साईकल नियन्त्रणमा मानिसहरु खोजी तथा थप बुझ्ने कार्य भईरहेको र काठ,साईकल आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाईएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*