पूर्वी इरानको कोइला खानीमा भएको विस्फोटमा कम्तीमा ५१ जनाको ज्यान गयो

कोल्हवी न्यूज
२०८१ आश्विन ६, आईतवार १६:२८ गते

तस्बिर : एजेन्सी

पूर्वी इरानको एक कोइला खानीमा भएको विस्फोटमा कम्तीमा ५१ जनाको ज्यान गएको छ । खानीको दुई वटा ब्लकमा मिथेन ग्यासको चुहावटका कारण विस्फोट भएको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।

यो खानी इरानको राजधानी तेहरानबाट झण्डै साढे पाँच सय किलोमिटर टाढा छ । विस्फोटको समयमा ब्लकमा ६९ जना कामदार उपस्थित थिए । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*