खैरो हेरोइनसहित तीन युवा पक्राउ

कोल्हवी न्यूज
२०८१ आश्विन ४, शुक्रबार १६:११ गते

अवैध लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई थानकोट नागढुंगाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त थानकोटको टोलीले सिरहाको लहान नगरपालिका–१७ का २२ वर्षीय शिव शंकर ठाकुर, सोही ठाउँका २४ वर्षीय अर्जुन कुमार यादव र लहान–४ का २८ वर्षीय सञ्जीवकुमार यादवलाई पक्राउ गरेको हो।

शिव र अर्जुन सिरहाबाट लागुऔषध खैरो हेराइन ल्याउने व्यक्ति हुन् भने सञ्जीव उक्त खैरो हेरोइन लिन ट्याक्सी लिएर नागढुंगा पुग्ने व्यक्ति रहेको प्रहरीको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*