‘मिस्टर काठमाण्डाै’ विजेता प्रकाश राईकाे निधन

कोल्हवी न्यूज
२०८१ आश्विन २, बुधबार १६:२९ गते

पाँच दिनअघि मिस्टर काठमाण्डाै शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका प्रकाश राईको निधन भएको छ ।

आज बिहान उपचारका लागि राईलाई धापासीमा रहेको ग्रान्डी अस्पताल पुर्‍याएकाेमा डाक्टरहरूले मृत घोषणा गरेका हुन् । बिहान ६ बजेतिर राई होटलमै ढलेपछि अस्पताल लगिएको थियो ।

मोरङको पथरीका ४५ वर्षीय राईको मृत्युका कारण डाक्टरहरूले औपचारिक रूपमा बताएका छैनन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले मोरङबाट परिवारका सदस्य र आफन्त आएकाले शवको परीक्षणसहितका प्रक्रिया थालिने जनाएको छ ।

गएकाे शनिवार दशरथ रङ्गशालामा रहेको कभर्ड हलमा भएको पाँचौं खुला मिस्टर काठमाण्डाै शारीरिक सुगठन प्रतियोगिता राईले जित्नुभएको थियो ।

तस्बिर : मेराे फिटनेशबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*