दुर्लभ लजालु पेंगुइनले जित्यो न्युजिल्याण्डको चरा वर्ष उपाधि

कोल्हवी न्यूज
२०८१ आश्विन १, मंगलवार ०६:४५ गते

 न्युजिल्याण्डको सबैभन्दा प्रतिस्पर्धात्मक प्रतियोगिताहरूमध्येको एक चरा प्रतियोगितामा लजालु पहेँलो आँखा भएको पेंगुइनले शीर्ष स्थान हासिल गर्दै वर्षको चरा उपाधि जितेको छ।

५० हजारभन्दा बढी मानिसहरूले प्रतियोगितामा मतदान गरे – जसमा विगतमा विदेशी हस्तक्षेपको आरोप र धोकाधडीको दावीसहित धेरै विवादहरू देखा परेका थिए।

गत वर्ष, ‘पुटेकेटेके’ (खत्री बतासे) ले यो प्रतियोगिता जितेको थियो । जब हास्य कलाकार जोन ओलिभरले आफ्नो समर्थन जनाउँदै पन्छीको रूपमा पोशाक लगाएर अभियान चलाएका थिए।

विश्वको दुर्लभ पेंगुइन प्रजातिहरूमध्ये एक मानिने होइहो मात्र न्युजिल्याण्डमा पाइन्छ।

प्रतियोगिता सञ्चालन गर्ने संगठन ‘फरेस्ट एन्ड बर्ड’ का अनुसार, होइहोले ६ हजार ३२८ भोटसहित विजय हासिल गरेको छ । उसले करुरे चाथम टापुका कालो रबिनलाई ५ हजार भन्दा बढी भोटले पछि परेको हो ।

यो होइहोले यसअघि २०१९ मा पहिलो पटक यो उपाधि जितेको थियो । त्यसबेला पनि रुसको हस्तक्षेपका आरोपहरू आएका थिए।

रुसबाट सयौँ भोटहरू आएका थिए, यद्यपि ‘फरेस्ट एन्ड बर्ड’ ले ती भोटहरू धोखाधडी नभई रुसी पक्षी वैज्ञानिकहरूको भएको बताएको थियो।

२०१८ मा, अस्ट्रेलियालीहरूले ‘शाग’ (एक प्रकारको कोर्मोरन्ट) प्रजातिको पक्षमा प्रतिस्पर्धा हेरफेर गर्न खोजेको आरोप पनि लगाइएको थियो।

होइहो, जसको माओरी नामको अर्थ शोर मचाउने हो । यसको कडा, चर्को आवाज भए पनि अत्यन्तै लजालु प्रजाति हो। संगठनले यो जितले यस प्रजातिको संरक्षण प्रयासलाई बढावा दिने बताएको छ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको अनुसार यो प्रजाति संकटग्रस्त छ अर्थात् लोप हुने बाटोमा तीन चरणहरू टाढा रहेको छ, र यसको संख्या घट्दैछ ।

‘यो ध्यानकर्षणको समय अत्यन्तै उचित छ,’ ‘फरेस्ट एन्ड बर्ड’ की प्रमुख कार्यकारी निकोला टोकिले भनिन् –यो ऐतिहासिक पेंगुइन हाम्रा आँखामै मैनल्याण्ड आओतेरोआ (न्युजिल्याण्ड) बाट हराउँदैछ।

भूमिमा संरक्षण प्रयासहरू भइरहेको भए पनि, टोकिले समुद्रमा पनि संरक्षण आवश्यक भएको बताइन्।
उनले भनिन् –तिनीहरू जालमा फसिरहेका छन् र पर्याप्त खाना फेला पार्न सकिरहेका छैनन् । हाम्रा होइहोलाई जीवित रहनको लागि समुद्री संरक्षित क्षेत्रहरूको तुरुन्तै आवश्यकता छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*