भारतीय नम्बरको बोलेरो परिवर्तित डिजे सहितको रथ बरामद

सञ्जय मिश्रा
२०८१ भाद्र ३१, सोमबार ०९:१७

रौतहट:भारतीय नम्बरको स्वरूप परिवर्तन गरी ल्याईएको रथ रौतहट स्थित प्रहरीले बरामद गरेको छ। विआर ३३ एफ ४८६१ नम्बरको बोलेरो गाडी लाई बिहे प्रयोजनमा प्रयोग हुने रथको रूपमा प्रहरीले बरामद गरेको हो।

प्रहरी चौकी माधोपुर बाट गएको टोलीले माधव नारायण नगरपालिका ६ सडकखण्ड अन्तर्गत सनिवार उक्त रथ रोकेर खोज्दा रथका चालक फरार भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।

बरामद भएको रथमा डिजे साउण्ड २ थान, जेनरेटर १ थान, एमप्लिफायर १ थान, एल सीडी १ , स्टेब्लाईजर १, लगायतका सामान जडान गरिएको छ।

रथको कुल ५ लाख,४७ हजार,रुपैयाँ मूल्याङकन गरी आज आईतवार आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ। बिहेमा दुलहा चढेर जन्ती जाने प्रयोजनको लागी ल्याईएको उक्त रथ सनिवार प्रहरीले नियन्त्रणमा लिँदा रथ छुटाउन प्रहरी माथी निकै दवाब परेको थियो।

राजनीतिक दलका नेता देखि कैयौं जनप्रतिनिधिले रथ छुटाउन प्रहरी माथि दवाब दिएको स्रोतले जनाएको छ। तर भारतीय नम्बरको बोलेरो गाडीको स्वरूप परिवर्तन गरी अवैध रूपमा भित्र्याइएको रथ जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको अडानले कारवाहीको दायरामा ल्याईएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*