धनुषामा चार लाख ५० हजार घुससहित वडाध्यक्ष र सचिव पक्राउ

कोल्हवी न्यूज
२०८१ भाद्र २५, मंगलवार १८:३४ गते

 धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. २४ का वडाध्यक्ष उपेन्द्र सहनी र सचिव उपेन्द्र साह घुस रकमसहित पक्राउ परेका छन् ।

उनीहरु चार लाख ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन् ।

उनीहरुलाई घर बाटो प्रमाणित गरिदिनको लागि सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामापक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका अनुसार, उनीहरुसँगै उक्त घटनामा संलग्न अर्का एक जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा विजय मण्डल रहेका छन् ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको आयोगले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*