पर्सामा बाघको आक्रमणबाट एक युवक घाइते

कोल्हवी न्यूज
२०८१ भाद्र २५, मंगलवार ०६:३०

पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक युवक घाइते भएका छन्।

जिराभवानी गाउँपालिका-५ हरैया निवासी २५ वर्षीय दशरथ माझी मुसहरलाई सोमबार दिउँसो बाघले आक्रमण गर्दा उनी घाइते भएका हुन्।

स्थानीयका अनुसार मुसहर डिभिजन वन कार्यालय पर्साको राष्ट्रिय वन क्षेत्रमा दाउरा लिन गएका थिए। दिउँसो करिब एक बजेतिर, सात जनाको समूहमा गएका उनीहरूबीच तीन जना छुटेपछि बाघले मुसहरलाई आक्रमण गरेको थियो।

घटना स्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार बाघले आक्रमण गर्दा समूहका अन्य साथीहरूले दाउरा र खुर्पाले बाघमाथि प्रहार गरेपछि बाघ भागेको थियो।

बाघको आक्रमणबाट मुसहरको शरीरको कम्मरमुनिको भागमा चोट लागेको छ। उनलाई शंकरसरैया स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको स्थानीयले जनाए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*