जर्जियाको हाईस्कुलमा १४ वर्षीय किशोरद्वारा गोली हानी चार जनाको हत्या

कोल्हवी न्यूज
२०८१ भाद्र २०, बिहीबार १३:२९ गते

 अमेरिकाको जर्जियास्थित अपलाची हाईस्कुलमा एक १४ वर्षीय किशोरले बुधबार गोली हानी दुई सहपाठी र दुई शिक्षकको हत्या गरेका छन् । अन्य नौ जना घाइते भएका छन् ।

मारिनेमा दुई जना १४ वर्षीय विद्यार्थी मेसन सेर्मरहोर्न र क्रिस्चियन एङ्गुलो र दुई शिक्षक ३९ वर्षीय रिचर्ड एस्पिनवाल र ५३ वर्षीया क्रिस्टिना इरिमी रहेका छन् ।

हत्याका संदिग्धलाई गत वर्ष एक स्कुलमा गोलावारी गर्ने धम्कीपछि पक्राउ गरी सोधपुछ गरिएको थियो । जर्जियाको विन्डरको अपलाची हाईस्कुलमा गोली हानेलगत्तै उनलाई हिरासतमा लिइएको थियो ।

‘उनलाई वयस्कका रूपमा अभियोग लगाइनेछ,’ जर्जिया ब्युरो अफ इन्भेस्टिगेसनका निर्देशक क्रिस होसीले पत्रकार सम्मेलनमा भने ।रोयटर्स

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*