सामाजिक सञ्जाल ‘एक्स’ लाई प्रतिबन्ध लगाउने ब्राजिलको सर्वोच्च अदालतकाे धम्की

कोल्हवी न्यूज
२०८१ भाद्र १४, शुक्रबार ०६:१४ गते

ब्राजिलको सर्वाेच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले एलन मस्कलाई २४ घण्टाभित्र आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ को तर्फबाट कानूनी प्रतिनिधि नियुक्त गर्न आदेश दिनुभएको छ ।

न्यायाधीश मोरेसले एलन मस्कले कानून व्यवसायी नियुक्त नगरेमा सामाजिक सञ्जाल ‘एक्स’ लाई देशव्यापी रूपमा प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको समाचार संस्था एएनआईले जनाएको छ । सर्वाेच्च अदालतले न्याय प्रक्रियामा बाधा पुर्‍याएमा ब्राजिलमा ‘एक्स’ को सञ्चालन प्रतिबन्ध हुने चेतावनी दिएको छ ।

यस वर्षको शुरूमा ब्राजिलको सर्वाेच्च अदालतका न्यायाधीश मोरेसले ‘एक्स’ का विभिन्न खाताबाट दुष्प्रचार फैलाएको आरोप लगाउँदै केही खाता बन्द गर्न आदेश दिएपछि विवाद शुरू भएको हो । तर ‘एक्स’ का प्रमुख मस्कले ब्राजिलका न्यायाधीशको आदेशलाई चुनौती दिँदै पुराना केही खातामाथिको प्रतिबन्ध हटाउनुभएको थियो । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*