करेन्ट लागेर धनगढीमा एक महिलाको मृत्यु

कोल्हवी न्यूज
२०८१ भाद्र १२, बुधबार १६:५५

कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका २ बस्ने बर्ष ६२ कि भागा भट्टको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

आफ्नै घरमा पानी तान्ने मोटरबाट अचानक करेन्ट लागी घाइते भएकी भट्टको उपचारको लागी सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याइएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कविन्द्र बोहराले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*