हेटौंडामा पर्यटन मन्त्री ठकुरीको निवासमा आगोलागी

प्रतिकात्मक : तस्बिर
हेटौंडा उपमहानगरपालिका-९ लामसुरेस्थित मन्त्री क्वाटरमा आगलागी भएको छ ।
बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीको क्वाटरको माथिल्लो तलाको सभाहलमा बिजुलीको तार सट भई अचानक आगलागी भएको मकवानपुरका प्रहरीले जानकारी दिए ।
आगोलागीबाट इन्भर्टरको चार थान व्याट्री, इन्भर्टरको पावर सप्लाई बक्स १ थान, इन्टरनेट राउटर १ थान, कार्पेट र गलैचा, जिप्सन बोर्डमा क्षति भएको प्रहरीले जनाएको छ । बारुणयन्त्रको सहयोगमा प्रहरीले साँझ ७ बजेर ५५ मिनेटमा आगो नियन्त्रणमा लिएको जनाएको छ ।