नेपाली तीर्थयात्री बोकेको बस भारतमा ट्रकको ठक्करबाट दुर्घटना, २५ जनाभन्दा बढी घाइते

कोल्हवी न्यूज
२०८१ भाद्र ९, आईतवार १६:२६

भारत यात्रामा निस्किएका नेपाली तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ । शनिवार भारतको विहार राज्यको समस्तीपुर जिल्लामा दुर्घटनामा पर्दा २५ जनाभन्दा बढी घाइते बनेका छन् ।

४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिवार राति पछाडिबाट ट्रकले ठक्कर दिएपछि पल्टिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर भारतीय प्रहरीले अनुसन्धान थालेको छ ।

घाइते सबैलाई मुश्रीघरारीस्थित अस्पतालमा भर्ना गरिएको छ । देवघरमा नुहाउन गएका उनीहरू शनिवार राति ११ बजे नेपालबाट निस्किएका थिए । बिहान ३ बजे बसलाई ट्रकले ठक्कर दिएर दुर्घटना भएको हो ।

उनीहरू सबै बारा जिल्लाका हुन् । घाइतेहरूको पूर्ण विवरण प्राप्त हुन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*