मकवानपुरको मनहरीमा भैंसिको आक्रमणबाट एउटा बाघको मृत्यु
मकवानपुरको मनहरीमा भैंसिको आक्रमणबाट एउटा बाघको मृत्यु भएको छ। बाघको आक्रमणबाट भैंसी घाईते भएको छ। मकवानपुर प्रहरीका अनुसार बिहीवार बिहान सवा ३ बजेको समयमा मकवापुरको मनहरी गाउँपालिका-६ प्रतापुर बस्ने बलबहादुर राईको गोठमा रहेको भैसीलाई आक्रमण गर्न आएको उक्त बाघ भैंसिको प्रत्याक्रमणमा मरेको हो।
घटनाको बारेमा जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरीको टोलि र पर्सा बन्यजन्तु आरक्षण शुरक्षार्थ खटीएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामीटार ब्यारेकबाट नेपाली सेनाको टोली खटी गई हेर्दा बुझ्दा बाघ बुढो रहेको र भैंसिले हान्दा उक्त बाघको मृत्यु भएको जस्तो देखीएको बताईएको छ।
स्थानियका अनुसार घाईते भौंसिको जिउभरी घाउ देखिएको छ भने मृत बाघको बाहिरी शरिरमा कुनै चोटपटक लागेको छैन। बाघ के कारणले मरेको हो भन्ने विषयमा अनुसन्धान भैरहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।
घटना भएको क्षेत्र चितवन राष्ट्रिय निकुन्जको पर्ने भएकाले आज बिहान करिब सवा ६ बजे चितवन राष्ट्रिय निकुन्ज शुरक्षार्थ सेक्टर सौराह ब्यारेकबाट खटीएको नेपाली सेनाको टोलीले उक्त मृत बाघ लिई गएको प्रहरीले जनाएको छ।










