बारा कोल्हवी नगरपालिकाका सव-ईन्जिनियर चौधरीको निधनमा मंगलवार नगरपालिका बिदा

कोल्हवी न्युज
२०८१ भाद्र ३, सोमबार २३:०७

कोल्हवी:बारा जिल्ला स्थित कोल्हवी नगरपालिकामा कार्यरत २६ बर्षका प्राबिधिक शाखा अन्तर्गत कार्यरत स्थायी कर्मचारी सव-ईन्जिनियर बिबेक चौधरीको सप्तरी स्थित आफ्नै निवासमा असमायिक हिजो निधन भएको छ।

नगरपालिकाका मेयर राम प्रसाद चौधरिले आज शोक बिज्ञप्ति मार्फत भोली मंगलवार भाद्र ४ गते नगरपालिका भरी अत्यावश्यक सेवा प्रदान गर्ने स्वास्थ्य संस्था तथा शैक्षिक संस्था बाहेकका कार्यालयहरुलाई शोक बिदा दिईएको जनाईएको छ।

२०७६ सालमा स्थायी नियुक्ती भइ कोल्हवी नगरपालिकामा कार्यरत चौधरी हिजो आफ्नो सप्तरी स्थित निवासमा नुहाउने क्रममा करेन्ट लागेर निधन भएको परिवारले बताएका नगरपालिकाका एक कर्मचारीले बताएका छन तर उनी प्रेसर बिरामी भएको पनि उनले बताएका छ्न।

चौधरिको निधन प्रती सम्पुर्ण नगरवासी शोकाकुल यश घडिमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार प्रती धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै भोलि नगर भरी शोक बिदा दिईएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*