क्याप्टेन र हेलिकप्टर दुवै यसअघि पनि दुर्घटना परिसकेका थिए

कोल्हवी न्यूज
२०८१ श्रावण २३, बुधबार १६:१८

बुधबार नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका क्याप्टेन अरुण मल्ल यसअघि पनि दुर्घटनामा परेको खुलेको छ । सो दुर्घटनामा भने उनी सामान्य घाइते मात्र भएका थिए ।

सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा २०७० साल असोज १० गते भएको दुर्घटनामा मल्लसहित यात्रु दावाग्याल्जेन शेर्पा घाइते भएका थिए । एयर डाइनेस्टीकै ९एन–एईएक्स कल साइन भएको हेलिकप्टर अवतरणका क्रममा दुर्घटना भएको थियो ।

आज दुर्घटना भएको ९एन–एजेडी हेलिकप्टर पनि यसअघि दुर्घटनामा परिसकेको हेलिकप्टर हो । २०७९ साल चैत २५ गते ह्याम्स अस्पतालमा अवतरणका क्रममा यो हेलिकप्टर दुर्घटना भएको थियो ।

दुर्घटनाको क्रममा हेलिकप्टरको पुच्छरको भाग ठोक्किएको थियो । घटनामा कोही पनि घाइते नभए पनि हेलिकप्टरको टेल रोटर भने भाँचिएको थियो ।रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*