बारा प्रहरीद्वारा ठूलो परिमाणमा भन्सार छलीका सामान बरामद

कोल्हवी न्यूज
२०८१ श्रावण २२, मंगलवार १३:५४

 बारा प्रहरीले ठूलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ। जिल्लाको विभिन्न ठाउँबाट प्रहरीले १२ लाख भन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको जनाएको छ।

बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाका अनुसार, प्रहरीको विभिन्न यूनिटबाट खटिएको टोलीले प्याज र मोबाइलको डिस्प्लेसहित ट्रक नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले बीरगन्जबाट नारायणघाटतर्फ जाँदै गरेको बा ३ ख ४९८६ नम्बरको यात्रुबाहक बसबाट ७ लाख ३३ हजार ५ सय रुपैयाँ बराबरको मोबाइल डिस्प्ले बरामद गरेको हो।

प्रहरीका अनुसार, यात्रुबाहक बसबाट ४८९ पीस मोबाइल डिस्प्ले फेला परेको छ। यसैगरी, पथलैया चोकबाट कास्कीतर्फ जाँदै गरेको प्रदेश नम्बर २–०३–००१ ख् ०९५६ नम्बरको ट्रकबाट भन्सार छलीका एक हजार किलो प्याज बरामद गरिएको छ। बारा प्रहरीले उक्त ट्रकबाट करिब ५ लाख रुपैयाँ बराबरको प्याज बरामद गरेको छ।

बरामद मोबाइल डिस्प्ले र प्याज थप अनुसन्धानका लागि पथलैया राजश्व विभागमा पठाइएको बारा प्रहरीको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*