बारा कोल्हवीमा हदबन्दी जग्गा भन्दै कब्जा गर्न जादा नेतृत्व कर्ता सहित एक दर्जन बढी घाइते सात बढी पक्राउ
कोल्हवी:बाराको कोल्हवी नगरपालिका वडा न.१० अमाव मठमा शुक्रवार भेला भइ हदबन्दी जग्गा कब्जा गर्ने कार्यक्रम गर्दै गर्दा बारा प्रहरीले लाठी चार्ज गर्दा एक दर्जन घाइते हुनुका साथै सात भन्दा बढी लाई घटना स्थल पुगेको प्रहरी टोलिले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कलैया ,बारा लगेको छ।
साहुकार अरबिन्द कुमार साह, सुधिर साह र दिलिप साहको करिब १६ बिघा खेत करिब २० बर्ष अघि देखि हदबन्दी सम्बन्धी सर्बोच्च अदालतमा मुद्दा बिचारधिन अवस्थामा रहेको जगाधनी स्वयम् बताउछन।
पटक- पटक गरिबहरुले हकभोग गर्न पाउनु पर्ने भन्दै सझा जागरण अभियान बारा- सर्लाही ईन्चाज प्रकाश चौधरी,ने.क.पा माओबादी केन्द्र बाराका जिल्ला कमिटी सदस्य शिकेन्द्र कुशवाह,अर्का नेता शिवचन्द्र चौधरी लगायत ३ महिला लाई पक्राउ गरेको छ भने भेला स्थलमै पुगेको प्रहरी टोलिले महिलाहरुको समूह माथी लाठ्ठी प्रहार गर्द्दा एक दर्जन बढी घाइते भएका छन।
प्रहरिको निर्घात कुटपिट पछि घाइते हुनेहरुमा सुमित्रा माझी,उर्मिल्ला चौधरी,भुलनदेवी चौधरी,फुलकुमारी चौधरी,बतही माझी,रमिता देवि,जिवा देबि राम,फुल्मझिया ,माझी लगायतका रहेका छन।
ईलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षक किशन बस्नेत आए देखिनै यो अभियन्ता चलाउने जनता माथी गलत आअन्दोलन भन्दै सुरु देखिनै टार्गेट गरि बसेका थिए।सोही मौका छोपी खेतमा भएको गाउले सङको झडप छुट्याउन खोज्ने बहाना गरि उनलेनै बढी लाठी चार्ज गरेको र आफ्नो रिस पोखेको घाइते महिलाहरुले बताएका छन।
अझ ई.प्र .का कोल्हवी बाराका एक प्रहरी अधिकारीले पत्रकार अशेष ढुंगाना घाईते हरुलाई भेटन जादा प्रहरिले घाईते हरुको चोट पटक को फोटो खिच्ने डरले भेटघाट गर्न सम्म निषेध गरेको थियो।यस घटनामा मानव अधिकारनै उल्ङ्हन गर्दै गरिव माथी निर्घात कुट्पित हुदा पिडित महिलाहरुले आपत्ती समेत जनाएका छन।
उता जिल्ला प्रहरी कार्यालय प्रमुख महेन्द्र खड्काका अनुसार सम्भावित ठुलो दुर्घटना नहोस भनी ठूलो मात्रामा प्रहरी परिचालन गरिएको बताउनु भएको थियो भने प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले पटक-पटक यस बिषयमा सम्झाउदा समेत नमानेकोले अब यी नेतृत्व गर्ने हरुलाई मुद्दा चलाउने समेत बताएका थिए।
जग्गा धनी साहका अनुसार आफुले उक्त घटना हुदा सम्म प्रहरिकोमा कुनै उजुरी नदिएको र अब पक्राउ परेकाहरु माथी उजुरी दिने समेत बताएका छन।यसरी प्रशासन, प्रहरी र जग्गाधनिको सेटिङमा गरिब महिलाहरु माथि निर्घात कुटपिट हुदा प्रहरिले पक्राउ परेकाहरुलाई आफू अनुकुल बाराका सि.डि.ओ शसिधर घिमिरेको ईशारामा प्रहरी लाई नाम सार्वजनिक नगर्न ईशारा दिएको प्रष्ट हुन आउँछ।
सरकार परिवर्तन लगत्तै मान्छेनै मार्ने नियतले आफ्नो बचाउ गर्दै प्रशासनले गरेको यस्ता हर्कत नराम्रो भएको जानकारहरु बताउछन।