अबदेखि उट्पट्याङ गाउँदिनँ, म सुध्रिएँ : दुर्गेश थापा

कोल्हवी न्यूज
२०८१ श्रावण १३, आईतवार १७:५४ गते

मोडल दुर्गेश थापा भिन्न शैलीको गायनले चर्चित छन् । गीत र अभिव्यक्तिले उनी बेलाबेलामा चर्चामा आइरहन्छन् । ‘एडल्ट’ टाइपको शब्द र शैलीले गर्दा उनका गीत सबै उमेर समूहका लागि सुपाच्य नहुन पनि सक्लान् ।

तर उनले यतिबेला आफू सुध्रिएको घोषणा सार्वजनिक रुपमै गरेका छन् । आइतबार आयोजित ‘झुम्का हरायो’ बोलको गीत सार्वजनिक गर्न आयोजित समारोहमा दुर्गेशले अब सबै मान्छेले सुन्ने र हेर्ने टाइपको गीत बनाउने बताए ।

‘उमेर पनि बढ्दै गएर होला, अब चाहिं सबै मान्छेले सुन्ने र सबै मान्छेको अगाडि हेर्ने टाइपको बनाउनुपर्छ भन्ने मेरो दिमागमा बस्यो । दुर्गेश बिग्रेर होइन, सुध्रिएर आउँदैछ,’ उनले भने । दुर्गेशले यो तीजमा ‘बिच्च बिच्चमा ७’ ल्याउने समेत बताए ।

उक्त पत्रकार सम्मेलनमा उनलाई तपाईंले छवि चेन्ज गर्न खोज्नुभएको हो ? भनेर समेत सोधिएको थियो ।

जवाफमा उनले बढ्दो उमेर र साथीभाइको संगतले गर्दा आफूमा परिवर्तन आएको बताए । ‘छवि चेन्ज भन्दा पनि परिवर्तन अटोमेटिक हुने रहेछ । साथी सर्कलले हुने रहेछ,’ उनले भने, ‘पहिला–पहिला उट्पट्याङ गीतहरु हुन्थे । कतै सुन्न नमिल्ने पनि हुन्थे । अबदेखि राम्रा गीत मात्र गाउने सोचेको छु ।’

दुर्गेशले बोल्दै गर्दा मोडल गरिमा शर्माले माइक तान्दै भनिन्, ‘दुर्गेश दाइको छोराले पनि गीत बुझ्ने उमेर भइसक्यो त्यही भएर दाइ चेन्ज हुँदै हुनुहुन्छ है ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*