१३ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित रौटहटबाट दुई जना पक्राउ
१३ हजार रुपैयाँ बराबरको नेपाली नक्कली नोटसहित रौतहटबाट दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सर्लाही गोडैता नगरपालिमा–८ बस्ने ३२ वर्षका नजरे आलम र २४ वर्षका इमामुल हक दर्जी रहेका छन्।
रौतहटको चन्द्रपुर नगरपालिका–१० बालचनपुरस्थित महावीर आयल स्टोर्स पेट्रोल पम्पमा बागमती प्रदेश ०२–०२१ प ६३६८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकको सिट कभरबाट नेपाली एक हजार दरको १३ थान नक्कली नोट बरामद गरिएको रौतहटकी प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन्।
नक्कली नोटसहित पक्राउ परेका दुवै जनालाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको उनले बताइन्।