राष्ट्रपतिको उम्मेदवार बन्न ह्यारिसलाई पार्टीबाट समर्थन प्राप्त

कोल्हवी न्यूज
२०८१ श्रावण ८, मंगलवार ११:४० गते

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले राष्ट्रपतिको उम्मेदवार बन्न डेमोक्र्याटिक पार्टीबाट समर्थन पाएकी छन् ।

यसअघि राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट पछि हट्दै ह्यारिसलाई समर्थन गरेका थिए । तर, पार्टीबाट उनको नाममा समर्थन प्राप्त भएको थिएन ।

तर, अहिले पार्टीले पनि राष्ट्रपतिको उम्मेदवार बन्न आवश्यक समर्थन गरेको ह्यारिसले सामाजिक सञ्जालमार्फत् बताएकी छन् ।

ह्यारिसले लेखेकी छन्, ‘आज राति म हाम्रो पार्टीको उम्मेदवार बन्न आवश्यक समर्थन पाउँदा गर्व लागेको छ ।’

उनले अगाडि लेखेकी छन्, ‘आगामी केही महिनामा म देशैभर घुमेर अमेरिकाका जनतासँग हरेक मुद्दामा कुरा गर्नेछु । मेरो उद्देश्य हाम्रो पार्टी र राष्ट्रलाई एकताबद्ध गर्ने र ट्रम्पलाई हराउने हो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*