बारा प्रहरीद्वारा अवैध हतियारसहित तीन जनालाई पक्राउ

कोल्हवी न्यूज
२०८१ असार ३२, सोमबार १६:०७

बारा प्रहरीले अवैध हतियारसहित तीन जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरी टोलीले महागढीमाई नगरपालिका वडा नम्बर ११ मधुरीजब्दी निवासी रमजान अंसारीले आँप बगैचामा खाल्टो खनी जमिन मुनि लुकाएर राखेको अवैध हतियारसहित तीन जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा महागढीमाई नगरपालिका वडा नम्बर ११ मधुरीजब्दी निवासी ५४ वर्षीय रमजान अंसारी, २५ वर्षीय सुलतान अंसारी, र ४५ वर्षीय राम कृपाल साह रहेका छन्। पक्राउ गर्दा प्रहरीले एक थान कटुवा पेस्तोल समेत बरामद गरेको छ।

प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएअनुसार, हतियार बरामद गरी तीनै जनालाई हातहतियार तथा खरखजाना सम्बन्धि कसूरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत बारा कलैयाबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*