केन्याको नैरोबीमा फोहोरको थुप्रोमा आठ जना महिला मृत भेटिए

कोल्हवी न्यूज
२०८१ असार ३१, सोमबार ०७:२४ गते

कन्याको नैरोबीमा फोहोर फाल्ने ठाउँबाट आठ जना महिलाको शव भेटिएको छ । महिलाहरुको शव टुक्रा पारेर सडेको अवस्थामा बोरामा रहेको पाइएको केन्याका कार्यवाहक प्रहरी प्रमुखले बताएका छन् ।

प्रहरीका अनुसार लगातार दुई दिन शव फेला परेको थियो । यस घटनाबारे अहिलेसम्म कुनै पनि तथ्य नभेटिएकाले पारदर्शी, विस्तृत र छिटो अनुसन्धान गर्ने प्रहरी प्रमुख  डगलस कान्जाले प्रतिबद्धता जनाउनुभएको छ । उहाँले अनुसन्धानमा जनसहयोगका लागि आह्वान पनि गर्नुभएको अन्तराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

केन्यामा गएको महिना सरकार विरोधी प्रदर्शनका क्रममा धेरै प्रदर्शनकारीको ज्यान गएको थियो भने जनआक्रोश बढेपछि केन्याका प्रहरी प्रमुख जाफेट कुमेले पदबाट राजीनामा दिनुभएको थियो । कान्जाले यसै हप्ता मात्र पदभार ग्रहण गर्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*