नाइजेरियामा विद्यालय भवन भत्किँदा १०० जना पुरिए

कोल्हवी न्यूज
२०८१ असार २९, शनिबार १३:१८ गते

नाइजेरियाको उत्तरी सेन्ट्रल राज्यमा एउटा विद्यालयको भवन भत्किँदा त्यसमा उपस्थित १०० जना पुरिएका छन् ।

स्थानीय सञ्चारमाध्यम र समाचार एजेन्सी एएफपीले मृत्युको विभिन्न सङ्ख्या दिएको छ।नाइजेरियाली अखबार ‘पञ्च’ ले मृत्यु हुनेको सङ्ख्या १७ रहेको बताएको छ भने एएफपीले हालसम्म २१ जनाको मृत्यु भएको जनाएको छ । शुक्रबार बिहान राज्यको राजधानीमा रहेको सेन्ट एकेडेमी स्कुलको भवन भत्किँदा सो विद्यालयमा उपस्थित सय जना फसेका थिए ।

नाइजेरियाको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सी वा नेमाले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेको छ, ‘मृत्युको सही सङ्ख्या पुष्टि भइरहेको छ। हालसम्म भग्नावशेषमा फसेका ४० बालबालिकालाई उद्धार गरी अस्पताल पठाइएको छ ।  एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*