रौतहटमा जन्ती बोकेको जीप नहरमा पल्टिँदा २ जनाको ज्यान गयाे

कोल्हवी न्यूज
२०८१ असार २९, शुक्रबार १५:२६

रौतहटमा जन्ती बोकेको जीप नहरमा पल्टिँदा दुई जनाको ज्यान गएको छ ।

रौतहटको गढीमाई नगरपालिका–६ सिङगारमनको भित्रि सडक खण्ड धर्मपुर नहरमा धनहरीबाट सर्लाहीतर्फ जन्ती बोकेर जाँदै गरेको भारतीय नम्बरको जीप नहरमा पल्टिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिनुभयो । ज्यान गुमाउनेहरूमा काठमाण्डौ घर भएका ५५ वर्षका कुलबहादुर श्रेष्ठ, सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ सुन्दरपुरका रविन्द्र पण्डितकी छोरी ७ वर्षीया श्वेता रहेका उहाँले जानकारी दिनुभयो ।

घाइते भएका सुन्दरपुरकै २५ वर्षका अमलेश ठाकुरको गौरमा उपचार भइरहेको छ । जीपमा १२ जना रहेकामा अरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*