चट्याङ लागेर महिलाको मृत्यु
रौतहट जिल्लाको मौलापुर नगरपालिकामा खेतमा धान रोप्ने क्रममा बिहीबार चट्याङ पर्दा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गौरका अनुसार चट्याङ लागेर मौलापुर–८ सोनरनियाकी ५५ वर्षीया धरोहरि देवीको मृत्यु भएको जिल्ला प्रहरीका डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।
‘खेतमा धान रोप्ने क्रममा अचानक चट्याङ लागेर धरोहरीको मृत्यु भएको हो, उनले भनिन्, ‘घटनाबारे थप जानकारी लिने काम भइरहेको छ ।’
तराईरमधेशमा बिहानदेखि लगातार वर्षा भइरहेको छ । वर्षासँगै केही स्थानमा चट्याङ परेको छ । चट्याङ लागेर मृत्यु भएकी धरोहरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर लागिएको डीएसपी गिरीले बताइन् । उनका अनुसार पोस्टमार्टमपछि शव परिवारलाई बुझाइने छ ।इकान्तीपुरबाट