पश्चिमी अमेरिकामा अत्यधिक गर्मी, ‘डेथ भ्याली’ को तापक्रम १ सय ३० डिग्री फरेनहाइटसम्म पुग्नसक्ने अनुमान

कोल्हवी न्यूज
२०८१ असार २४, सोमबार ०८:१९ गते

अमेरिकाका पश्चिमी राज्यहरूमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ । केही दिनअघिदेखि अलास्का, क्यालिफोर्निया, कोलोराडो, वाशिङ्टनलगायतका राज्यमा बढेको गर्मी आउने हप्तासम्म जारी रहने त्यहाँको मौसम विभागले जनाएका छन् ।

तापक्रम उच्च हुन थालेसँगै ठूल्ठूला डढेलोका घटना बढ्दै गएको बीबीसीले जनाएको छ । पश्चिमी अमेरिकामा झन्डै २ करोड जना मानिसलाई उच्च गर्मीबाट बच्न र सतर्कता अपनाउन सचेत गराइएको खबरमा उल्लेख छ ।

यसअघि एरिजोनामा गर्मीका कारण एक जना बालकको ज्यान गइसकेको छ । तातो लहरले बालबालिकासहित अरू धेरै जना बिरामी भएका छन् । क्यालिफोर्नियाकाे ‘डेथ भ्याली’ मा तापक्रम यो हप्ता १ सय ३० डिग्री फरेनहाइटसम्म पुग्नसक्ने अनुमान छ । १ सय ३० डिग्री फरेनहाइट भनेकाे साढे ५४ डिग्री सेल्सियस हाराहारी हुन आउँछ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*