मधेश प्रदेश सरकारको बजेटमा गडबड गर्न सिस्टम नै ह्याक

कोल्हवी न्यूज
२०८१ असार २४, आईतवार १७:००

मधेश प्रदेश सरकारको बजेटमा गडबड गर्न सिस्टम नै ह्याक भएको भन्दै छानबिनका लागि माग उठेको छ ।

आइतबार आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल गर्न बोलाइएको प्रदेशसभा बैठकमा बोल्दै सांसद एवं जसपा नेपालका नेता राजकुमार गुप्ताले यस्तो माग राखेका हुन् ।सरकारले नै सिस्टम ह्याक भएको स्वीकारेको अवस्थामा छानबिन समिति बनाई दोषीलाई कारबाही गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।

“बजेट निर्माणको सन्दर्भमा सरकारद्वारा तत्कालीन अर्थमन्त्री बजेट निर्माण गर्ने सिस्टम ह्याक भई गडबडी भएको छ,” बैठकमा बोल्दै सांसद गुप्ताले भने, “यो सरकारले पनि स्वीकार गरेको छ । स्पष्ट रूपमा हाम्रो माग के छ भने यसका लागि छानबिन समिति बनाऔं । र, सही ढङ्गले जाँच गरी दोषी उपर कारबाही गरौं ।”

बजेटमा गडबडी भएको स्वीकार भइसकेको अवस्थामा त्यसबाट उचित निष्कर्ष निकाली आफूहरूको माग सम्बोधन गर्नुपर्ने उनकाे भनाइ छ । “प्रत्येक निर्वाचन क्षेत्रमा समान रूपमा बजेट विनियोजन होस् भन्ने हामी सबैको माग हो,” गुप्ताले भने, “बजेटमा जुन गडबडी भएको छ त्यसलाई सम्बोधन गरेर लैजाऔं ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*