बाराको कोल्हवीमा हात्तीले घर भत्कायो,रेडक्रस द्वारा त्रीपाल सहयोग

कोल्हवी न्युज
२०८१ असार २०, बुधबार २२:२५

कोल्हवी:बाराको कोल्हवी नगरपालिका वडा न.४ सपहि स्थित खोर टोलमा गएराती ११ बजे जंगली हात्तिले ७ घरमा क्षती पुर्याएको वडा न.४ का वडा अध्यक्ष बिष्णु प्रसाद मैनालिले जानकारी दिनु भएको छ।

 

बर्षा यामको बेलामा खोर टोलका झगरु माझी,श्याम माझी,मनोज माझी,सुदामा माझी,हेमन्ती माझी,महेन्द्र चौधरी र यम प्रसाद घिमिरेको लगायतको घरमा राती पसेको हात्तिले क्षती पुर्याएको छ।

 

उक्त खोर टोलमा हात्तिले क्षती पुर्याएपछी वडा न.४ का वडा अध्यक्ष सहित रेडक्रस उप- शाखा सपहिको टोलि घटना स्थलको अवलोकन गर्न पुगेको थियो।

 

नेपाल रेडक्रस उप- शाखा सपहिकि सभापती ईन्दिरा देवकोटाले  बर्षा यामको समयमा घरमा क्षती पुर्याएकाले आजनै पानी बाट वचन सजिलो होस भन्दै  ६ घर परिवारलाई ६ थान त्रिपाल उपलब्ध  गराई आजनै बितरण गरिएको बताउनु भएको छ।

उता वडा न.४ का वडा अध्यक्ष बिष्णु प्रसाद मैनालिले करिब ५० हजार जतिको क्षती भएको अनुमान सहित कोल्हवी नगरपालिकालाई उक्त क्षतीको विवरण पठाएको कोल्हवी न्युज लाई जानकारी दिनु भएको छ।यस क्षेत्रमा बिगतका बर्षहरु देखिनै हात्तिले आतंक मचाउदै आएतापनी स्थानिय निकाय देखि राजय बाटनै कुनै ठोस पहल कदमी नभएको स्थानिय रामकुमार उप्रेतिले बताउनु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*