एसईई उत्तीर्ण हुन नसकेपछि रुपन्देहीमा दुई छात्राले गरे आत्महत्या
एसईई उत्तीर्ण हुन नसकेपछि रुपन्देहीमा दुई छात्राले आत्महत्या गरेका छन ।
रुपन्देहीको देवदह नगरपालिका वडा नं २ ढेकारस्थित एशियन लाइट बोर्डिङ स्कूलबाट एसईई दिएर नतिजा राम्रो नआएका दुवै जनाले झुण्डिएर आत्महत्या गरेका हुन ।
शुक्रबार दिउँसो देवदह नगरपालिका वडा नं २ की १५ वर्षीय सृष्टि गुप्ता र देवदह १ लक्ष्मीटोल वस्ने १७ वर्षीय पूजा न्यौपानेले झुण्डिएर आत्महत्या गरेको र प्राम्भिक कारण दुवै जना एसईई अनुनिर्ण नै देखिएको छ ।
देवदह प्रहरी कार्यालयका प्रहरी निरीक्षक एक्कबहादुर नेपालीले गम्भीर अवस्थामा भेटिएका दुवैको देवदहस्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताउनु भयो ।