दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको छत भत्किँदा एक जनाको ज्यान गयो

कोल्हवी न्यूज
२०८१ असार १४, शुक्रबार १७:२६ गते

तस्बिर : सामाजिक सञ्जाल

भारतको राजधानी नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत भत्किँदा एक जनाको ज्यान गएको छ ।

आज बिहान ठूलो वर्षापछि इन्दिरा गान्धी विमानस्थलको टर्मिनल–१ को छत भत्किँदा एक जनाको ज्यान गएको बीबीसीले जनाएको छ । यस्तै दुर्घटनामा घाइते भएका पाँच जना मध्ये चार जनाको अस्पतालमा उपचार भइरहेको छ । टर्मिनलको छत खस्दा केही गाडी पनि थिचिएका बीबीसीको खबरमा उल्लेख छ ।

यसैबीच केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडूले विमानस्थल पुगेर घटनाबारे जानकारी लिनुभएको छ । मन्त्री नायडूले यस घटनाको जाँच गर्न आदेश दिँदै अतिरिक्त संरचना भएका देशभरका विमानस्थलको निरीक्षण गर्ने बताउनुभयो । उहाँले दुर्घटनामा ज्यान गुमाएकालाई २० लाख र घाइतेहरूलाई तीन लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*