सिरहाकाे होटल एक युवकको शंकास्पद मृत्यु, युवक सँगै बसेकि महिला फरार

कोल्हवी न्यूज
२०८१ असार १२, मंगलवार १६:११

सिरहा धनगढीमाई नगरपालिका-१० स्थित धनगढीमाई होटल एण्ड लजमा आज अपरान्ह एक युवकको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका-३ का करिब ३२ वर्षीय प्रमोद कुमार कामती रहेको प्रहरीले जनाएको छ ।

होटल सञ्‍चालक धर्मा महतोका अनुसार विहान ९:३० बजे एक जना महिलासँगै आएका कामती होटलमा प्रवेश गरेको जानकारी दिए । धेरै समय भइसक्दासमेत होटल चेक आउट नभएपछि ढोका खोल्दा कामती मृत अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरेको होटल सञ्‍चालक महतोले जानकारी दिए ।

मृतक कामती वैदेशिक रोजगारीबाट आज बिहान मात्र घर आइपुगेको परिवारजनले जानकारी दिए । मृतका बुवा रामनारायण कामतीले विदेशबाट आउनेबित्तिकै कसैलाई केही नभनी छोरा घरबाट निस्किएको बताए । मृतक कामतीको श्रीमतीसहित तीन छोरा र दुई छोरी छन् ।

कामतीको मृत्यु शंकास्पद रहेको जनाउँदै मृतक कामतीसँग प्रवेश गरेकी अपरिचित ,रहेको बताउँदै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*