बाराको कोल्हवीमा सप्ताहाव्यापी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न:फोटो फिचर सहित

बुधन चौधरी
२०८१ असार ११, सोमबार २३:२२

कोल्हवी:जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ बाराले ईलाका प्रहरी कार्यालय कोल्हबीको सहकार्यमा सडक सुरक्षा हाम्रो प्राथमिकता भन्ने मुल नाराको साथ सवारी दुर्घटना न्यूनीकरणको निमित सडक सुरक्षा सप्ताह सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा कोल्हबी नगरपालिकाको नगर प्रमुख राम प्रसाद चौधरी अतिथिहरु नगर उपप्रमुख लक्ष्मी कुमारी चौधरी,जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रमुख राम कुमार महतो,ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख किशन बस्नेत,उधोग वाणिज्य संघ कोल्हबी शाखाका अध्यक्ष लक्ष्मी शाह,वडा न.१ का अध्यक्ष राजहरण चौधरी,२ का अध्यक्ष गोपाल प्रसाद अधिकारी, ३ का अध्यक्ष किशुनदयाल चौधरी,४ का विष्णु प्रसाद मैनाली, वरिष्ठ व्यापारी राम प्रसाद प्रसाई,कोल्हबीका अटो चालकहरू,श्री ने.रा.मा. बि.सपहीका विद्यार्थीहरु र श्री अनुप दिपनी मा. बि. कोल्हबीका विद्यार्थीहरु लगायत शिक्षक र सँचारकर्मीहरुको पनि सहभागिता रहेका थिए।

कार्यक्रममा मन्तव्य राख्दै व्यापारी राम प्रसाद प्रसाईले भने – पर्वको बेलामा ट्राफिक चेकजाच बढी हुने र अरु बेलामा कम हुने कुराको महसुस भएको भन्दै आउने दिनमा सधै एकनासले चेकजाच गर्न ट्राफिक प्रहरीलाई आग्रह गर्नुभयो ।

मन्तव्यकै क्रममा प्रमुख अतिथी समेत रहनु भएका नगर प्रमुख राम प्रसाद चौधरीले गाडि चलाउदा सधैं हेलमेट्को प्रयोग गर्ने, बाटो क्रस गर्दा जेबरा क्रस हेरेर पार गर्ने र ट्राफिकको नियम सधैं पालना गर्नुपर्ने बताउनुभयो ।

सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सप्ताह कार्यक्रम ल्याइएको ट्राफिक प्रहरीले जानकारी दिनुभएको छ। कार्यक्रमको सहजीकरण उधोग वाणिज्य सँघ शाखा कोल्हबीका पुर्व अध्यक्ष महेश कुमार शाहले गर्नुभएको थियोे ।फोटो फिचर:

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*