मान्छे मर्नेगरी युक्रेनले मिसाइल आक्रमण गरेपछि रुसले भन्यो- बदला लिन्छु

कोल्हवी न्यूज
२०८१ असार १०, सोमबार ०८:११ गते

आफ्नो कब्जामा रहेको क्राइमिया युक्रेनले आक्रमण गर्दा ५ जनाको मृत्यु हुनाका साथै १२० व्यक्ति घाइते भएपछि रुसले बदला लिने चेतावनी दिएको छ।

क्राइमियामा रुसले स्थापना गरेको स्थानीय प्रशासनले मृतकमध्ये तीन बालबालिका पनि रहेको जनाएको छ।

अधिकारीहरूका अनुसार अमेरिका निर्मित लामो दूरीका एटीएसीएमएस मिसाइलका टुक्रा सेभास्टोपोल बन्दरगाहको उत्तरी तटमा खस्दा हताहत भएको हो।

रुसी टिभीमा प्रसारित रिपोर्टमा मानिसहरू समुद्र तटमा दौडिरहेको देखिन्छ। कैयौँ घाइतेलाई उठाएर लगिरहेको दृश्य छ।

यस हमलामा कैयौँ व्यक्ति गम्भीर घाइते भएका छन्। रुसको रक्षा मन्त्रालयले अमेरिकाले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र दिएका कारण यो आक्रमणको जिम्मेवार अमेरिका रहेको टिप्पणी गरेको छ।

रुसले चारवटा क्षेप्यास्त्र हावामा खसालेको तर पाँचौँ क्षेप्यास्त्र विस्फोट हुँदा हताहत भएको बताएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*