श्रद्धा कपुर आफूभन्दा ३ वर्ष कान्छा राहुलको प्रेममा
बलिउड अभिनेत्री श्रद्धा कपूरले लेखक राहुल मोदीसँग आफ्नो सम्बन्धको पुष्टि गरेकी छन् । श्रद्धा विगत केही वर्षदेखि राहुलसँग सम्बन्धमा थिइन ।
श्रद्धाले राहुललाई लिएर इन्स्टाग्राममा पोस्ट गरेपछि इन्टरनेटमा उनीबारे जान्न चाहनेको संख्या ह्वात्तै बढेको छ ।
श्रद्धा कपूर आफ्ना प्रेमीभन्दा तीन वर्ष जेठी छन् । श्रद्धाको जन्म ३ मार्च सन् १९८७ मा भएको थियो । उनी अहिले ३७ वर्षकी भइसकेकी छन् ।
श्रद्धाका प्रेमी राहुलको भने ७ अक्टुबर सन् १९९० मा जन्म भएको थियो । यसरी उनी अहिले ३४ वर्षका भएका छन् । राहुल मोदी बलिउडका चर्चित लेखकमा पर्दछन् ।
राहुल प्यारका पञ्चनामा २, सोनु के टिटु की स्वीटी र तु झुठी मे मक्कार जस्ता फिल्मका लागि चर्चित छन् ।










