प्राथमिक स्वास्थ्य केन्द्र कोल्हवी भित्रै अबैध फार्मेसी सन्चालन सरोकारवाला बेखबर

कोल्हवी न्युज ब्यूरो
२०८१ असार ५, मंगलवार १८:११

कोल्हवी: मधेश प्रदेस अन्तर्गत पर्ने बारा जिल्लाको कोल्हवी नगरपालिका वडा न.१ भित्र रहेको प्राथमिक स्वास्थ्य केन्द्र भित्र अबैध फार्मेसी सन्चालन भएको पाईएको छ।

 

२०८० फाल्गुण २२ गते कोल्हवी नगरपालिकाले  प्राथमिक स्वास्थ्य केन्द्र भित्र फार्मेसी सन्चालनको लागि स्थानिय रास्ट्रििय दैनिक पत्रीकामा कोठा बहाल सम्बन्धि टेण्डरको  सुचना प्रकाशन गरेको थियो।

 

उक्त कोठा बहाल सम्बन्धी टेण्डरमा औषधि बिक्रिका लागि ९ फर्मले शिलबन्धी टेण्डरमा भाग लिएका थिए।उक्त टेण्डरमा पर्सामा दर्ता रहेको सुबोध मेडिकलले मासिक ७५ हजार रुपैयामा  कोठा बहाल पारेको थियो।

 

औषधि ब्यब्स्था बिभागका अनुसार एक जिल्ला बाट अर्को जिल्लामा औसधि पसल राखद्दा ठाउँ सारी गर्नु पर्ने प्राबधान रहेपनी त्यो नगरी नगरपालिकाले उसैलाई औषधि बिक्रिका लागि अनुमती दिएको भन्दै शुरुवाती दिनदेखिनै बिरोध जनाउदै आएको स्थानिय भुवन चौधरिले कोल्हवी न्युज लाई जानकारी दिनु भएको छ।

 

 

अझ उहाँका अनुसार अहिले आएर सुबोध मेडिकल नभई स्वास्थ्य केन्द्र भित्र आशिर्वाद फार्मेसी  लेखी उसैको बिल काटेकोमा यस सम्बन्धी सबैको मिलेमतो भएको आरोप समेत लगाउनु भएको छ।

 

यस बिषयमा कोल्हवी नगरपालिका स्वास्थ्य शाखा प्रमुख मनोज चौधरीलाई सोद्धा आफुलाई अबैध फार्मेसी सन्चालन भएको थाहा नभएको र यदि त्यस्तो भएमा कार्वाही गर्ने समेत बताउनु भएको छ।

 

अझ हास्यास्पद कुरो त के छ भने स्वास्थ्य केन्द्र सन्चालन गर्ने ब्यब्स्थापन समितिका अध्यक्ष वडा न.१ का वडा अध्यक्ष राजहरण चौधरी लाई यस बिषयमा अत्तोपत्तो रहेको छैन।

 

 

यसरी जनता सङको प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य क्षेत्रमा मनलाग्दी भैरहदा सम्म नियमक निकाय कोल्हवी नगरपालिका र स्वास्थ्य शाखाले भएको कमजोरी स्विकार्नु भन्दा उल्टै कसैले निवेदन दिएमा कार्वाही प्रकृया अघि बढाउने मेयर राम प्रसाद चौधरीले बताउनु भएको छ।यस सम्बन्धि सरोकार वाला निकायको ध्यान जानू जरुरी देखिन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*