बारामा अज्ञात समुहद्वारा गोली हानी क्याम्पस प्रमुखको हत्या

कोल्हवी न्युज ब्यूरो
२०८१ असार १, शुक्रबार १९:२०

कोल्हवी:जिल्लाको आदर्श कोतवाल नगरपालिका वडा नँ ३मा अज्ञात समूहद्वारा गोली प्रहार गरि क्याम्पस प्रमुखको हत्या गरेको छ । शुक्रबार गोली प्रहारबाट रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख आदर्श कोतवाल वडा नम्बर २ खजुरिया टोल बस्ने हरी भूषण कुशवाहाको मृत्यु भएको हो ।

गोली लागि बयोधा अस्पताल बीरगंजमा गम्भीर अवस्थामा उपचारका क्रममा उनको केहिबेर अघि मृत्यु भएको प्रहरिले जनाएको छ । अनुसन्धान जारी रहेकाले बिस्तृत विवरण आउन बाँकी रहेको बारा प्रहरी प्रवक्ता डिएस्पी दधिराम न्यौपानेले बताए ।

गतबर्ष कार्तिक १३ गते बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल ३६ बर्षिय गुड्‍डु भनिने रुपेश सर्राफको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो ।

बारामा गोलि प्रहारका घटना यश अघि पनि हुँदै आएको थियो । जिल्लाको बरियारपुर तथा सिम्रौनगढमा भारतीय सुटरले नेपाल प्रवेश गरि गोलिहानी ब्यक्ति हत्या गरी भारत तिरै भागेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*