वैदेशीक रोजगारीका लागि पर्साबाट तेश्रो मुलुकमा गएकामध्ये १ सय १६ जना ठगीमा परे
वैदेशीक रोजगारीका लागि पर्साबाट तेश्रो मुलुकमा गएकामध्ये ११६ जना ठगीमा परेका छन् । गत आर्थिक बर्षा २०७९र८० मा पर्साबाट वैदेशीक रोजगारीका लागि विभिन्न खाडी मुलुकमा गएका मध्ये ११६ जना ठगीमा परेका हुन् ।
वीरगञ्जमा बुधबार दिव्य विकास श्रोत केन्द्र पर्साले आयोजना गरेको सुरक्षित आाप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वैदेशीक रोजगार विषयक नागरिक समाजसंग अन्तरकृया कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।
कार्यक्रम संयोजक रामाशंकर कुशवाहाले एक बर्षमा ११६ जना ठगीमा परेको जानकारी गराउँदै तीमध्ये आफनो संस्थाले २३ जनालाई न्याय दिलाउन सफल भएको बताए ।
उनका अनुसार, वैदशीक रोजगारीमा जानेहरु अधिकांश कामदार एजेन्टबाट ठगीने गरेका छन् । रोजगारीका लागि विदेश गएकाहरुले गन्तव्य मुलुकमा पुगेपछि एजेन्टले भनेर पठाए अनुसाारको काम र पारिश्रमिक नपाउने, कामै नपाएर विदेशमा अलपत्र पर्ने, एजेन्टले विभिन्न प्रलोभन दिएर कामदारलाई भिजि भिसामा पठाउने र गन्ततव्य मुलु्कमा पुगेपछि कामै नपाएर अलपत्र पर्ने,नेपाल सरकारले तोके अनुसारको भन्दा बढी खर्च तिर्न बाध्य हुने जस्ता समस्याहरु भोग्ने गरेका छन् ।
यस्तैै गन्तव्य मुलुकमा पुगेर कामको शिलिशिलामा दुर्घटनामा परी मृत्यु वा अंगभंग हुदाँ त्यसको क्षतिपुर्तिसमेत परिवारले नपाउने गरेका समस्यापनि रहेको कुशवाहाले बताए ।
कुशवाहाले श्रम स्विकृति लिएर आफ्नै देशको विमानस्थलबाट मात्र गएको खण्डमा भने ठगिने सम्भावना कम हुनेपनि बताए । श्रम स्वीकृत लिएर जाँदा विदेशमा कुनै समस्या वा दुर्घटनामा परेपनि त्यसको जवाफदेही सरकार हुने भएकाले । श्रम स्वीकृत लिएर मात्रै वैदेशीक रोजगारीमा जानुपर्ने उनले सुझाव ।
कार्यक्रममा गत आर्थिक बर्षमा मात्रै पर्साको वीरगञ्ज महानगरपालिकाबाट १ हजार ५ सय ४१ जना वैदेशीक रोजगारीमा गएको जानकारी गराइएको थियो । उनिहरुबाट एक बर्षमा रेमिटेन्स (विप्रेषाण) बापत ५७ करोड ५० लाख रुपैया नेपाल भित्रिएको कुशवाहाले बताए ।
यस्तै पर्साकै ठोरी गाँउपालिकाबाट गत बर्ष वैदेशीक रोजगारीमा १ हजार १५९ जना गएको र उनिहरुबाट रेमिटेन्स बापत ४४ करोड १३ लाख रुपैयाँ , पर्सागढी नगरपालिकाबाट वैदेशीक रोजगारीमा ८ सय ३६ जना गएकोमा उनिहरुबाट १३ करोड ३६६ लाख रुपैया र सखुवा प्रसौनी गाँउपालिकाबाट गत बर्ष वैदेशीक रोजगारीमा ५ सय ३० जना गएको र उनिहरुबाट २८८ करोड ६२ लाख रुपैयाँ रेमिटेन्स बापत भित्रिएको कुशवाहाले बताए ।
गत आर्थिक बर्षमा मधेस प्रदेशबाट मात्रैै १ लाख ८१ हजार ६१३ जना श्रम स्वीकृत लिएर वैदेशीक रोजगारीमा गएका छन् । यस्तै गत आर्थिक बर्षमै मधेस प्रदेशबाट वैदेशीक रोजगारीमा गएकामध्ये १ हजार २ सय ५१ जनाको विदेशमा विभिन्न घटना÷दुर्घटनामा परेर मृत्यु भएको जानकारीपनि कार्यक्रममा गराइएको थियो ।
दिव्य बिकास स्रोत केन्द्र पर्र्साका अध्यक्ष उमेश चौहानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका उप-प्रमुख पुरन पटेल, गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, समाजिक संस्था जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष चन्देश चौहान, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्रराज कँडेल, समाजिक अभियान्ता प्रकाश थारु लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रमको सहजीकरण दिव्य विकास स्रोत केन्द्रका सुनिल कुमार पटेलले गरेका थिए ।