मलावीमा उपराष्ट्रपतिसहित १० जना सवार विमान बेपत्ता

कोल्हवी न्यूज
२०८१ जेष्ठ २९, मंगलवार ०७:०६ गते

पूर्वी अफ्रिकी देश मलावीमा उपराष्ट्रपतिसहित दशजना सवार विमान बेपत्ता भएको छ । मलावीका सरकारी अधिकारीहरूले उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमान  सम्पर्कविहीन भएको र विमानको कहाँ छ भन्नेबारे जानकारी नआएको बताएका छन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा मलावी डिफेन्स फोर्सको विमान टेक अफपछि राडार बाहिर गएको जनाएको छ । विमान मलावीको राजधानी लिलोग्वेबाट सोमबार बिहान उडेको थियो ।

विमानमा उपराष्ट्रपतिबाहेक नौजना सवार थिए । विमान आफ्नो गन्तव्य मजुजुमा अवतरण गर्न असफल भएको बीबीसीले जनाएको छ । मजुजु मलावीको उत्तरी क्षेत्र हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*