विपद् उद्धार अभ्यासका क्रममा सेती नदीमा डुबेर सशस्त्र प्रहरी जवानकाे ज्यान गयाे
बझाङमा प्राकृतिक विपद्का बेला हुने उद्धारको नमुना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवान नरेन्द्रसिंह धामीको ज्यान गएको छ ।
आज बिहान सेती नदीमा प्राकृतिक विपद् उद्धारसम्बन्धी नमुना अभ्यास गर्ने क्रममा डुबेर बेहोस भएका धामीको अस्पताल पुर्याउनासाथ ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
केदास्यु गाउँपालिका–७ का २९ वर्षीय धामी सशस्त्र प्रहरीको अनआश्रित गुल्म बझाङमा कार्यरत हुनुहुन्थ्यो । सशस्त्र प्रहरी निरीक्षक जगन्नाथ जोशीको कमान्डमा ३५ जनाको टोलीले सेती नदीमा उद्धार अभ्यास गरिरहेको थियो । त्यही क्रममा पानीको भङ्गालोमा परेर धामी बेहोस भएका सशस्त्र प्रहरीले जानकारी दिएको छ ।