फिल्म ‘ऊनको स्वीटर’को छायाङ्कन सुरु

कोल्हवी न्यूज
२०८१ जेष्ठ २७, आईतवार १५:११ गते

फिल्म ’ऊनको स्वीटर’को छायांकन सुरु भएको छ । आइतबार फिल्मको पाँचथरको साधुटारमा शुभ मुहूर्त गर्दै छायाङ्कन सुरु गरिएको हो ।

नवीन चौहानको निर्देशन रहने फिल्मको छायांकन सेडुल ३५ दिनको छ । फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय रहनेछ । विपिन र मिरुनाले तीन दिनपछि फ्लोर जोइन गर्नेछन् ।

विपिन र मिरुनाको अलवा फिल्ममा एलेक्स पारस, परीक्षा लिम्बु, माओत्से गुरुङ, सुरज तमू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश  लामा, प्रकाश बस्नेत,  लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावती लगायतका कलाकारको अभिनय छ । फिल्मलाई निर्देशक चौहानले नै लेखेका हुन् ।

चिन्तनराज भण्डारीको छायांकन रहेको फिल्म यसै वर्ष प्रदर्शन हुने बताइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*