फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक

कोल्हवी न्यूज
२०८१ जेष्ठ २६, शनिबार १८:१३ गते

लक्ष्मण सुवेदीको तेस्रो निर्देशकीय फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक गरिएको छ ।

शुक्रबार युट्युबमार्फत सार्वजनिक २ मिनेट ३३ सेकेण्ड लामो टिजरले परिवारको वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गरेको बुझ्न सकिन्छ ।  छोरीले पनि परिवारप्रति आफ्नो कर्तव्य निभाउन सक्छन् भन्ने फिल्मको मूल कथा रहेको टिजरले बताउछ ।

आगामी साउन ४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्ममा अभिनेत्री मलिका महत मुख्य भूमिकामा छिन् भने रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठको पनि अभिनय छ । फिल्मको टिजरबाट फिल्मको कथा मालिकामाथि नै केन्द्रित रहेको देखिन्छ ।

निर्देशक सुवेदी स्वयंको लेखन रहेको फिल्मको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् । दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको संयुक्त प्रस्तुति रहेको फिल्ममा बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*