११ लाख ठगी गर्ने राहुल पक्राउ

कोल्हवी न्यूज
२०८१ जेष्ठ २६, शनिबार १८:०२

विद्यार्थी भिसामा अध्ययनको लागि रसिया पठाई दिन्छु भनेर झन्डै ११ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय यमुनामाई गाउँपालिका वडा नम्बर २ का राहुल कुमार प्रजापति रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताईन ।

प्रजापतिले आफ्नै गाउँका जितेन्द्र कुमार यादवलाई अध्ययन भिसामा रसिया पठाइदिने भनेर एम्बेसीद्वारा जारी भएको भन्दै नक्कली कागजात देखाएर १० लाख ८७ हजार ७२० रुपैयाँ ठगी गरेका थिए ।

पीडितको उजुरीको आधारमा पक्राउ परेका प्रजापतिमाथि ठगी तथा आपराधिक लाभ सम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*