गोविन्द भट्टको ‘तँई का ठमक’ मा प्रियंका र बेनिशाको हट अवतार
अभिनेत्री प्रियंका कार्की र बेनिशा हमाल अभिनीत नयाँ म्युजिक भिडियो ‘तँई का ठमक’ सार्वजनिक भएको छ । पश्चिमेली शैलीको गीतको भिडियोमा प्रियंका र बेनिशालाई अभिनयमा पुरुष मोडलको रूपमा गोविन्द भट्ट र बाबुल गिरीले साथ दिएका छन् ।
भिडियोमा प्रियंका र बेनिशाको हट अवतार देख्न सकिन्छ । गोविन्द भट्ट यस गीतका गीतकार हुन् भने बाबुल गिरी संगीतकार । भिडियोमा प्रियंका र बेनिषासँग दुवैको जोडी सुहाएको देख सकिन्छ ।
गीतमा संगीतकार गिरी र इब्सल सन्ज्यालको स्वर छ । गीतको एरेन्ज धनबहादुर गिरीले गरेका हुन् । गरिमा फिल्मस्ले निर्माण गरेको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् ।
उत्सव दाहालको छायाङ्कन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।










